क्यानको महाप्रवन्धकमा ढुंगानालाई नियुक्त गर्ने निर्णय

सोमबार, पुस २३, २०८०

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले महाप्रवन्धकमा उत्सव ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज बसेको क्यानको महाप्रवन्धक छनोट समितिले ढुंगानालाई क्यानको महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि गत असारमा तत्कालिन महाप्रवन्धक बृतान्त खनालले राजीनामा दिएपछि आह्वान गरेको सूचनामार्फत् महाप्रन्धकको सर्टलिस्ट गरेपनि क्यानको नयाँ कार्यसमितिले अर्कै सूचना निकालेको थियो । दोस्रो पटकको सूचनामार्फत क्यानले नयाँ महाप्रवन्धकमा ढुंगानालाई नियक्त गरेको हो । अब यो निर्णयलाई कार्यसमितिबाट पास गर्नु पर्नेहुन्छ। 

महाप्रवन्धक छनोट समितिमा क्यानका अध्यक्ष चन्द, सचिव पारस खड्का, कोषाध्यक्ष पदम खड्का तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्दराज पोखरेल थिए ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्