ठगी मुद्दामा फरार कुँवरलाई मकाउमा पक्राउ गरी नेपाल ल्याइयो

आइतबार, पुस २२, २०८०

काठमाडौँ– इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका ठगी मुद्दामा फरार प्रतिवादीलाई मकाउमा पक्राउ गरी नेपाल ल्याइएको छ ।

नेपाल प्रहरीको इन्टरपोल शाखाले फरार रहेका काठमाडौं तारकेश्वर नगरपालिका–१ का सफल राज कुँवरलाई मकाउबाट पक्राउ गरी आइतबार काठमाडौँ फिर्ता ल्याएको प्रहरीले जनाएको हो । 

प्रहरीका अनुसार कुँवर लगायत अन्य व्यक्तिहरूले पीडितहरूलाई विभिन्न प्रलोभनमा पारी मकाउमा राम्रो काम हुन्छ भनी ठगी गरेको आरोप छ । उनीविरूद्ध जाहेरी परेपछि फरार रहेका कुँवर मकाउमा रहेको खुलेको थियो । 

शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०१८ सेप्टेम्बर ११ मा उनीविरूद्ध डिफ्युजन नोटिस जारी भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्