कङ्गोमा भारी बर्षाका कारण ३ सय जनाको मृत्यु

शनिबार, पुस २१, २०८०

एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको एक मन्त्रीले शुक्रबार बताएका छन् ।

सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीले विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरु भत्किएको बताएका छन् ।

उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए । मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तराष्ट्रिय एकताको लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्