सर्लाहीको बरहथवामा झडप हुँदा एक जनाको मृत्यु, प्रहरीले गोली चलाएको दाबी

शुक्रबार, पुस २०, २०८०

सर्लाहीप्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतीको विषयमा विवाद हुँदा सर्लाहीको बरहथवामा भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको छ।

नेपाली कांग्रेसका कार्यकर्ताले प्रदर्शनका क्रममा बरहथावाकी मेयर कल्पनाकुमारी कटवालको घरमा आक्रमण हुने भएपछि प्रहरीसँग झडप भएको थियो।

सो क्रममा एक जनाको मृत्यु भएको बताइए पनि मृतकको नाम खुलेको छैन। प्रदर्शनकारीले प्रहरीले गोली चलाएको दाबी गरे पनि प्रशासनले यकिन हुन नसकेको जवाफ दिएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:५०
प्रतिक्रिया दिनुहोस्