विश्व

उत्तर कोरियाली नेता किम जोङ उनको उत्तराधिकारी पहिल्याइयो, पत्नीबारेका रोचक तथ्य

शुक्रबार, पुस २०, २०८०

काठमाडौंपरिवारका बारेमा गोप्यता राख्ने उत्तर कोरियाली शासक नेता किम जोङ उनको उत्तराधिकारी पहिल्याइएको छ। दक्षिण कोरियाली गुप्तचर निकायले यस्तो तथ्य पत्ता लगाउँदै सम्भावित उत्तराधिकारी भनेको छ।

किम जोङ उनकी छोरी किम जु उत्तर कोरियाको आगामी नेता हुने सम्भावना केलाइएको रिपोर्ट आएको बीबीसीले जनाएको छ।

दक्षिण कोरियाको गुप्तचर निकायनेशनल इन्टेलिजन्स सर्भिसले किम जु उत्तर कोरियाली नेता किमकी उत्तराधिकारी हुने कुरा पहिलो पटक भनेको पनि उल्लेख गरिएको छ।

किम जु एबाहेकका सम्भावित उत्तराधिकारीको विषयमा पनि अध्ययन भइरहेको गुप्चतर निकायले जनाएको छ।

किम जु सन् २०२२ को अन्त्यतिर पहिलो पटक सार्वजनिक समारोहमा देखा परेकी थिइन्।

पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित भएपछि किम जु एका सार्वजनिक गतिविधि उनले प्राप्त गरेको सम्मानको विस्तृत विश्लेषणका आधारमा अहिले उनी सबैभन्दा सम्भावित उत्तराधिकारी हुन सक्ने गुप्तचर निकायले भनेको हो।

किम जु उत्तर कोरियाका शासककी माहिली छोरी हुन्। उनको उमेर १० वर्ष भएको ठानिएको छ।

उत्तर कोरियाबारे चासो राख्ने पर्यवेक्षकहरूले किम जु एलाई सन् २०२२ को नोभेम्बर महिनामा पहिलो पटक सार्वजनिक गरिएपछि अहिले किमकीप्रिय छोरीको साटोसम्मानित छोरी भनेर सम्बोधन गरिनु अर्थपूर्ण मानेका छन्। उत्तर कोरियामा वरिष्ठतम व्यक्तिलाई मात्रसम्मानित विशेषण प्रयोग गरिन्छ। यसअघि उत्तराधिकारी बन्ने निश्चित भएपछि मात्र किमलाईसम्मानित कमरेड भन्न थालिएको थियो।

उत्तर कोरियामा सर्वसाधारण मानिसहरूलाई किमको वंश पवित्र भएको बताउने गरिन्छ। त्यसको अर्थ देशमा उक्त परिवारले मात्र शासन गर्न पाउँछ भन्ने हो। किम देशको शासनसत्ताको नेतृत्व आफ्नो परिवारभित्र चौथो पुस्तालाई हस्तान्तरण गर्न पाइयोस् भन्ने चाहन्छन्।

त्यसो हत्तपत्त परिवारका सदस्य सार्वजनिक नगर्ने किम जोङ उनको पत्नीको बारेमा पनि पछि मात्र परिचय खुलाइएको थियो।

kim-2-1704436555.jpg

सन् २०१२ को गर्मीयामदेखि उत्तर कोरियाली शासककी पत्नी रि सोल जु सार्वजनिक रुपमा देखिन थालेकी थिइन्।

त्यसको केही समयपछि सरकारी सञ्चारमाध्यमले रि सोल जु किम जङ उनकी श्रीमती भएको बताउन थाले तर त्यसअघिको पनि उनको जीवन एउटा पहेली जस्तै थियो।

केही सञ्चारमाध्यमका अनुसार उनी एक गायिका थिइन्। तर केही सञ्चारमाध्यमहरु रि सोल जु राष्ट्रिय खेलकुद टोलीकीचीयरलीडर भएको बताउँछन्।

उत्तर कोरिया लिडरशीप वाच वेबसाइटकी सहयोगी सिएर म्याडनले रि सोल जुको बिहे सन् २००९१० मा भएको बताएकी थिइन्। त्यसअघि उनी एक गायिका चीयरलीडर रहेको जानकारी प्राप्त भएको थियो।

उनको उमेरबारे उत्तर कोरियाली शासकको तर्फबाट कुनै जानकारी उपलब्ध गराइएको छैन। तर रि सोल जुको उमेर ३० वर्षभन्दा बढी नभएको ठानिन्छ।

सधैँ मुस्कुराइरहने सार्वजनिक कार्यक्रममा किम जङ उनसँगै देखिने रि सोल जुको तुलना पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग गरिन्छ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्