नेपाल–भारत

अध्यक्ष ओली र भारतका विदेशमन्त्रीबीच भेट

बिहीबार, पुस १९, २०८०

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र  भारतका विदेशमन्त्री  एस जयशंकरबीच शिष्टाचार भेट भएको छ ।

त्यस अवसरमा दुई देशबीच विद्यमान सम्बन्धबारे छलफल भएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले  जानकारी दिए । 

अध्यक्ष ओलीले भारतसँग नेपालको नजिकको सम्बन्ध रहेको बताउँदै आर्थिक विकासको बाटोमा अग्रसर नेपाललाई भारतको सहयोग अपरिहार्य भएको बताए । “भारत नेपालको मित्र भएकाले कतिपय विषयका समस्या संवादको माध्यमबाट टुङ्ग्याउनुपर्छ,” अध्यक्ष ओलीलाई उद्धृत गर्दै विभाग प्रमुख भट्टराईले भने ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  २०:२०
प्रतिक्रिया दिनुहोस्