सेयर बजार २८ अंकले बढ्यो

बुधबार, पुस १८, २०८०

काठमाडौं- सेयर बजार करिब २८ अंकले बढेको छ । बुधबार २७.९० अंकले बढेको सेयर बजार २०५८.१० विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार ४५४ रुपैयाँको कारोबार भएको छ । 

यसदिन २०९ वटा कम्पनीको सेयरमूल्य बढ्दा ३० वटा कम्पनीको घटेको छ भने ६ वटाको स्थिर छ । 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्