१४ किलो सुन प्रकरण

घले समूहले १३८ किलो सुन तस्करी गरिसकेको समितिको निचोड

आइतबार, पुस ८, २०८०

काठमाडौं विमानस्थलमा १४ किलो सुन पक्राउपछि गर्रिएको छानबिनका क्रममा उक्त समूहले १३८ किलो सुन भित्राइसकेको निचोड निकालिएको छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको छानबिन समितिले मीनबहादुर घले उनको समूहले १३८ किलो सुन तस्करी गरिसकेको तर १४ किलो मात्र समातिएको निचोड निकालेको हो।

भन्सार कार्यालयले १४ किलो सुनसहित मंसिर २२ गते घलेलाई समातेको थियो ।

दुबईमा रहेका अंकित अग्रवालसँगको सम्पर्कमा घलेले नेपालमा सुन तस्करी गर्दै आएका थिए । सो क्रममा घले, चन्द्र आले कृष्णकुमार श्रेष्ठले जम्मा १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याइसकेका समितिले जनाएको छ।

एयरपोर्टमा डीबी भन्ने दनबहादुर गुरुङले सेटिङ मिलाउँथे । नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, करारका पूर्व कर्मचारी रमेश देउला, एसी शाखामा काम गर्ने कार्यालय सहयोगी अनिल श्रेष्ठ प्लम्बर शेरबहादुर बस्नेतले तस्करीको सुन पैठारी निकासीका लागि सहयोग गर्दै आएका थिए।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्