नेभिगेशन
समाज विविध

आयल निगमकाे कार्यकारी निर्देशकका लागि आवेदन माग

काठमाडौं - नेपाल आयल निगम लिमिटेडले कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरेको छ। निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम योग्यता पुगेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

योग्य र इच्छुक नेपाली नागरिकले २१ दिन भित्र मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार, काठमाडौंमा दरखास्त दिन सक्नेछन्।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध