देश छाड्न चहान्छन् युवा, कोरिया जानका लागि १ लाख ४४ हजारको आवेदन

शनिबार, पुस ७, २०८०

काठमाडौंशिक्षा, रोजगारीमा सरकार गम्भिर नहुँदा युवा विदेशतिर पलायन हुने क्रममा छन्। खाडी मुलुकमा जानेको संख्या दैनिक हजारका दरले बढेको भने युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकमा जानेको संख्या पनि निरन्तर बढिरहेको छ।

यहि क्रममा रोजगारीका लागि कोरिया जानेको संख्या पनि व्यापक देखिएको छ। सीमित कोटाका लागि खुलेको रोजगारीका लागि भाषा परिक्षा दिनेको संख्याले युवा देश छाड्न चहाने स्पष्ट चित्र देखाएको छ।

कोरियन भाषा परीक्षा (ईपीएस)का लागि यसपटक झन्डै लाख ४४ हजार जना भन्दा बढिले आवेदन दिएका छन्। शुक्रबार राति १२ बजेसम्म लाख ४३ हजार ८१२ जनाले भाषा परीक्षाका लागि आवेदन दिएको वैदेशिक रोजगार विभागको ईपीएस शाखाले जनाएको छ।

गत साउनमा सञ्चालन भएको परीक्षामा अनुत्तीर्ण भएकाले समेत परीक्षा दिन पाउने हुँदा यसपालि परीक्षार्थीको संख्या लाख ७५ हजार हाराहारीमा पुग्नेछ।

दक्षिण कोरिया सरकारले सन् २०२४ मा नेपालबाट १५ हजार सय ४८ नेपाली रोजगारीका लागि लैजानेछ।

शैक्षिक योग्यता भएका विद्यार्थी पनि नेपालमा बस्न नै नचाहने स्थितिको मुख्य कारण बेरोजगारी समस्या पहिल्याइएको छ। पूर्वशिक्षा मन्त्री देवेन्द्र पौडेलका अनुसार १२ पास गरेका व्यक्ति नेपालमा बस्न नै चहाँदैनन्।

उनले संसदीय समितिको बैठकमा पनि भनेका थिए,‘कोही विद्यार्थीलाई अबको उच्च शिक्षाको योजना के भनेर सोध्यो भने युरोप, अमेरिका, अस्ट्रेलिया भन्छन्। आखिर देशमा युवा किन बस्न चहाँदैनन्?

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार