गीति भिडियो

बिदेसिन बाध्य युवाको कथा ‘सुनि दिने कोही भए’ [गीति भिडियो]

बुधबार, पुस ४, २०८०

काठमाडौँ– बेरोजगारीको कथामा आधारित ‘सुनि दिने कोही भए’ बोलको गीत सार्वजनिक भएको छ । 

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीति भिडियोमा गायक दीपक पाठकको स्वर र संगीत रहेको छ । गरिएको गीतलाई ओपल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीति भिडियोमा बेरोजगारीको कारण बिदेसिन बाध्य युवाको कथा प्रस्तुत गरिएको छ । पैसा अभावमा परिवारले छोडेर गएपछि बाध्यताले पासपोर्ट बनाउन गएको युवक बाटोमा दुर्घटनामा परेको भिडियोमा देख्न सकिन्छ ।  भिडियोमा कलाकार बेनिशा हमाल, अनुपजंग थापा (विचित्र), र बाल कलाकार आश्रा बोहोराले अभिनय गरेका छन् ।

सरला श्रेष्ठको शब्द र विश्व अधिकारीको संगीत संयोजनमा तयार पारिएको गीतको कथा लेखन तथा भिडियोको निर्देशन ओमप्रकाश अवस्थी (ईश्वर)ले गरेका हुन् । छ ।  अजय रेग्मीले छायांकन गरेको गीतको सम्पादन निर्देशक अवस्थीले नै गरेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १९:१२
प्रतिक्रिया दिनुहोस्