सर्वोच्चमा न्यायाधीशमा नियुक्त

सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

बुधबार, पुस ४, २०८०

काठमाडौं- न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन् । 

संसदीय सुनुवाइ समितिबाट अनुमोदनपछि सिफारिस भएका उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नियुक्त गरेका हुन् ।

नवनियुक्त न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाल छन्।

बुधबार बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १७:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार