बारामा बस र ट्रक आपसमा ठोक्किदाँ ३ जनाको मृत्यु

बुधबार, पुस ४, २०८०

बारामा बस र ट्रक आपसमा ठोक्किदा ३ जनाको मृत्यु भएको छ, भने २७ जना घाईते भएका छन् । काकड्भिट्टाबाट काठमाडौँका लागि गुडेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बारा प्रहरीका अनुसार दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ रमकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको हेटौँडा सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बाकी घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि हेटौडा तथा चितवन मेडिकल कलेज पठाइएको र अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्