सर्वोच्च अदालतको आदेश

डा. सन्तोष पौडेललाई वीर अस्पतालमै फर्काउन सर्वोच्चको आदेश

मंगलबार, पुस ३, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल सर्वोच्च अदालतको आदेशसँगै पुर्नबहाली भएका छन् ।

मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री मोहनबहादुर बस्नेतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

यो आदेशसँगै वीरको निर्देशकबाट हटाइएका डा सन्तोष पौडेललाई पुनः वीर अस्पतालमा फर्किन बाटो खुलेको हो । उनले आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने भएका छन् ।

सर्वोच्चको आदेशपछि आफू आजै अस्पताल पुगेर कार्यभार सम्हाल्ने डा. पौडेलले बताएका छन् ।

१४ मंसिरमा मन्त्री बस्नेतले वीर अस्पतालको निर्देशकबाट हटाएपछि पौडेलले आफूलाई हटाउने मन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए ।

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्