नक्कली भुटानी शरणार्थी प्रकरण

नेता खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश

बिहीबार, मंसिर २८, २०८०

काठमाडौँ- पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता खाणलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन् ।

high-court-patan_order-1702557106.JPG

खाणको पक्षबाट पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र महतो, कृष्णप्रसाद सापकोटा, महादेव यादव र हरिहर दाहाल बहस गरेका थिए ।

प्रेमबहादुर खड्का गोपालकृष्ण घिमिरे र विश्वनाथ खनालले पनि खाणको पक्षमा बहस गरे । सरकारका तर्फबाट सरकारी वकिलहरू महेश खत्री र शंकर खत्रीले बहस सकिसकेपछि खाणका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए ।

पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे यसअघि संयुक्त इजलासमा दुईजना न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको राय बाझिएको थियो ।

बिहीबारका लागि तोकिएको सुनुवाइबाट खाण धरौटीमा रिहा हुने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्