मेनुका पौडेलले बलिउडको ठूलो फिल्म ‘सलार’मा गाएको गीत यस्तो छ (भिडिओ)

बिहीबार, मंसिर २८, २०८०

काठमाडौंचर्चित रियालिटी शो इन्डियन आइडलमा प्रस्तुती दिएर मन जित्न सफल नेपाली गायिका मेनुका पौडेललेसलारमा गाएको गीत सार्वजनिक भएको छ।

केजीएफ निर्देशक प्रशान्त निलको फिल्म जसमा पौडेलले गीत गाउने अवसर पाइन्, यसलाई बलिउडको ठूलो फिल्म मानिएको छ। बाहुबली स्टार प्रभासको मुख्य अभिनय रहने फिल्मको लिरिकल भिडिओ सार्वजनिक भएको हो।

बुधबार हम्बले फिल्म्स युट्युब च्यानलमार्फतसुरज हि छाहो बन्के बोलको गीत सार्वजनिक गरेको थियो। रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्।

फिल्म २२ डिसेम्बरदेखि प्रदर्शन हुनेछ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १२:४५
प्रतिक्रिया दिनुहोस्