आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा

मंगलबार, मंसिर २६, २०८०

काठमाडौं- नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले पदबाट राजीनामा दिएका छन् । 

मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन्।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । २१ महिना कार्य सम्पादन गरेका थानीले १५ महिनाअगावै पदबाट राजीनामा दिएका हुन् ।

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्