नेपाल टेलिकमले टेलिफोनका ग्राहकलाई एक महिना निःशुल्क डाटा सुविधा दिने

सोमबार, मंसिर २५, २०८०

काठमाडौँ - नेपाल टेलिकमको एनटी फाइबर प्रविधिबाट टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका ग्राहकलाई एक महिनासम्मका लागि नि:शुल्क डाटा सुविधा उपलब्ध गराइएको नेपाल टेलिकमले जनाएको छ ।

एनटी फाइबरबाट टेलिफोन मात्रै प्रयोग गरिरहेका ग्राहकले सोमबारदेखि लागू हुने गरी प्रमोसनल अफरका रूपमा एक महिनासम्म निःशुल्क ५० एमबीपीएस गतिको डाटा पाउने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि १९८ मा डायल गरी प्राप्त सन्देश अनुसार अनुरोध गर्न सकिने छ ।

त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ । यो सुविधा एक जना ग्राहकका लागि एक पटक मात्र उपलब्ध हुनेछ । एक महिनाभन्दा बढी समयपछि सशुल्क रूपमा यो सेवा प्रयोग गर्नुपर्नेछ ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्