Nic Ad Nic Ad
Nic Ad Nic Ad

कविडाँडा आख्यान पुरस्कार मनु उपन्यासलाई

शनिबार, मंसिर २३, २०८०

चितवन– यस बर्षको कविडाँडा आख्यान पुरस्कार मनु उपन्यासलाई दिइएको छ । 

कविडाँडा साहित्य समाज चितवनले चितवनको सौरहामा एक कार्यक्रमका बिच कविडाँडा आख्यान पुरस्कार समालोचक तथा उपन्यासकार डाक्टर देवीप्रसाद सुवेदीको मनु उपन्यासलाई प्रदान गरिएको हो । 

उक्त पुरस्कार लाल–मीना फाउन्डेसनकी अध्यक्ष मीना लामिछाने र कविडाँडा साहित्य समाज चितवनका अध्यक्ष एलबी क्षेत्रीले संयुक्त रुपमा प्रदान गरेका हुन् । सुबेदीलाई  १ लाख २५ हजार नगद सम्मानपत्रसहित दोसल्ला ओढाएर उक्त पुरस्कार प्रदान गरेका थिए । 

समाजले उक्त पुरस्कारका लागि गत भदौ २३ गते १० वटा उत्कृष्ट आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो । त्यसपछि दोस्रो चरणमा उत्कृष्ट ५ वटा कृतिको सूची सार्वजनिक गरेको थियो । सूचीमा सुवेदीको मनु उपन्याससहित जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, रामलाल जोशीको बाआमा, अशोक थापाको सन्तापको धून, गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा र रेणुका जिसीको सनेस रहेका थिए ।

बुकहिल पब्लिकेसन्सबाट प्रकाशित सुवेदीको मनु उपन्यास ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो ।

मनु उपन्यासले खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री पुरस्कार– २०७९ पनि प्राप्त गरेको छ । वि.सं. २०६० सालमा स्थापना भएको कविडाँडा साहित्य समाजले नियमितरूपमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  १८:५७
प्रतिक्रिया दिनुहोस्