काँग्रेसको प्रदेश सम्मेलनका लागि उपसमिति गठन

शनिबार, मंसिर २३, २०८०

धनुषा - नेपाली काँग्रेस मधेश प्रदेशले दुई दिवसीय प्रदेश सम्मेलनका लागि उपसमितिहरू गठन गरेको छ । आगामी पुस ५ र ६ गते गरिने प्रथम प्रदेश सम्मेलनलाई सम्पन्न गराउन विभिन्न समिति उपसमिति गठन गरेको हो । 

काँग्रेस मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको संयोजकत्वमा गठन गरेको मूल आयोजक समितिका सदस्यमा प्रदेश समितिका पदाधिकारी, सदस्य, पार्टीका जिल्ला सभापति, प्रदेशसभा क्षेत्रीय सभापति, मधेश प्रदेश नगरपालिका महासङ्घ अध्यक्ष र गाउँपालिका महासङ्घका अध्यक्ष, भ्रातृ सङ्गठनका शुभेच्छुक सङ्घ संस्थाका प्रमुख छन् ।

त्यस्तै, कोषाध्यक्ष प्रदीपकुमार यादवको संयोजकत्वमा गठित अर्थ समितिमा सदस्य प्रदेश सहमहामन्त्री जय नारायणप्रसाद यादव तथा सदस्यमा ममता महतो, शीतल प्रसाद यादव, रामबाबु साह रहेका छन् । प्रदेश सभा सदस्य नागेन्द्रप्रसाद साहको संयोजकत्वमा गठित आर्थिक व्यवस्थापन समितिका सदस्यमा सहमहामन्त्री बिन्दुकुमारी यादव, प्रदेशसभा सदस्य शेषनारायण यादव, प्रचार विभाग प्रमुख नीतेशकुमार गुप्ता, प्रदेश सदस्य पाण्डव मण्डल, सुनिल ठाकुर, सोनी बम्जन, राजेश गिरी र गाउँपालिका महासङ्घ अध्यक्ष जवाहर यादव छन् ।

यसैगरी, आवास तथा भोजन व्यवस्थापन समितिका संयोजकमा प्रदेश सांसद शेषनारायण यादव, सदस्यमा जीवनाथ चौधरी, सुरेशप्रसाद यादव, राजकिशोर यादव र ललित साह, सुधीरकिशोर यादवलाई जिम्मेवारी दिइएको छ भने मञ्च व्यवस्थापन समितिका संयोजकमा बजरङ यादव, सदस्यमा शर्मिला थापा, भावना ढुङ्गेल, अञ्जु झा, राकेशविक्रम साह, शिवशङ्कर गोइत (साधु) र सुरेश ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

प्रचार–प्रसार समितिका संयोजक नीतेशकुमार गुप्ता र सदस्यमा सूचना सञ्चार तथा प्रचारप्रसार विभाग सदस्यलाई पनि राखिएको छ । स्वयंसेवक परिचालन समितिका संयोजकमा भातृ सङ्घ समन्वय विभाग प्रमुख सूर्यबहादुर थापालाई जिम्मेवारी दिइएको छ । सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, साङ्गठनिक प्रस्ताव एवं प्रतिवेदन तर्जुमा गर्न प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठलाई र आर्थिक प्रतिवेदन तर्जुमा गर्न प्रदेश कोषाध्यक्ष प्रदीपकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको मुख्य सचिव सन्तुप्रसाद यादवले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्