Nic Ad Nic Ad
Nic Ad Nic Ad

यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौँ- एसीसी यू-१९ एसियाकप अन्तर्गत नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ४७.२ ओभरमा अल आउट हुँदै १५२ रन बनाएको हो ।

नेपालका लागि उत्तम थापा मगरले सर्बाधिक ५१ रन बनाए भने अर्जुन कुमालले २१ रन बनाएका थिए । त्यस्तै दिपेश कँडेलले ३१ रन बनाएका थिए । यी बाहेक नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपालका लागि तिलक भण्डारीले ७, आकाश त्रिपाठीले ६ र कप्तान देव खनालले शुन्य, गुलशन झाले १, बिशाल विक्रम केसीले १, विपिन रावलले शुन्य र सुबाश भण्डारीले ८ रन र आकाश चन्दले ५ रन बनाएका थिए ।

त्यसैगरी पाकिस्तानका बलर मोहमद जीशानले सर्बाधिक ६ विकेट लिएका थिए । जिशानले ९.२ ओभरमा एक मेडनसहित १९ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै आमिर हसनले २ विकेट लिएका थिए । त्यस्तै उबैद शाह र अलि अस्फान्डले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्