Nic Ad Nic Ad
Nic Ad Nic Ad

जेठ १८ मा आउने भयो दयाको गाउँ आएको बाटो 

शुक्रबार, मंसिर २२, २०८०

काठमाडौं - टोरोन्टो फिल्म फेस्टिवलमा वल्ड प्रिमियर भएको नविन सुब्बा निर्देशित गाउँ आएको बाटोुको नेपाल रिलिज मिति सार्वजनिक भएको छ। 

निर्माणपक्षले एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तोकेको हो। सिनेमा आगामी वर्षको जेठ १८ मा रिलिज हुने भएको छ। सिनेमामा दयाहाङ राई, पशुपति राई तथा प्रसान राईको प्रमूख भूमिकामा छन्। ुनुमाफुङु सिनेमा बनाएर फरक धारका सिनेमाका लागि अत्याधिक प्रशंसा बटुलेका सुब्बाको यो तेश्रो सिनेमा हो। उनले बनाएको दोश्रो सिनेमा ुगुडबाई काठमाडौुं भने सार्वजनिक प्रदर्शनमा आएको छैन । 

टोरोन्टो फिल्म फेस्टिवलका अलावा बुसान फिल्म फेस्टिवलमा समेत प्रशंसा बटुलेको यो सिनेमाले नविन सुब्बालाई थप उचाइ प्रधान गर्ने विश्वास राखिएको छ। सिनेमाको पटकथा निर्देशक सुब्बाले महेश सुब्बासँगको सहकार्यमा लेखेका हुन्। 

मेन्छ्याम फिक्चर्स तथा बुँसुरी फिल्मसको संयूक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता अमोद राई र निर्देशख सुब्बा हुन्। सिनेमाले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला दया माइली पशुपति राई र उनीहरुको सात वर्षे छोरा बिन्द्रे प्रसान राईको सो गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ। सिनेमाले मूलपात्रले पछ्याउँदै आएको परप्परागत जीवनशैलीमाथि के गर्ने भनेर लिने कदममा सिनेमाको कथा प्रस्तुत भएको छ।

यसलाई बाबुआमासँगै उनीहरुको छोराले यो बदलिएको परिस्थितिमा नयाँ संसार कसरी चिहाउँदैछ र उसका सपना केकस्ता हुँदैछन् भन्ने कथालाई रोचक ढंगले भनेको छ। फिल्म फेस्टीवलहरुमा प्रशंसा बटुलेको यो सिनेमा आगामी वर्षका लागि एउटा प्रतिक्षित सिनेमा हो।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्