Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग

इलामलाई हराउँदै पोखरा लिगको शीर्ष स्थानमा

बुधबार, मंसिर २०, २०८०

काठमाडौँ– नेपाल सुपर लिगको दोस्रो संस्करणमा स्पोर्टिङ्ग इलाम एफसीमाथि जित हात पार्दै पोखरा थन्डर्सले अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

आज दशरथ रंगशालामा भएको खेलमा पोखराले इलामलाई १–० गोलले हराउँदै ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको हो । 

खेलमा दोस्रो हाफको ४७ औं मिनेटमा पोखराका सन्जीव विष्टले गरेको गोल नै जितको लागि पर्याप्त भयो । दोस्रो हाफको सुरुवातै गोल गरेपछि इलाममाथि पोखरा हाबी बनेको थियो ।

जित हासिल गर्दै अविजित यात्रा कायम गरेको पोखराले चार खेलमा आठ अंक जोडेको हो । उता इलामको भने चार खेलमा तीन अंक मात्र रहेको छ ।

भोलि हुने खेलमा एफसी चितवनले बुटवल लुम्बिनी एफसीको सामना गर्ने छ । खेल साँझ ५ बजे दशरथ रंगशालामा हुने छ।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  १९:०२
प्रतिक्रिया दिनुहोस्