Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल सुपर लिग : आज इलाम एफसी र पोखरा थण्डर्स भिड्दै

बुधबार, मंसिर २०, २०८०

काठमाडौँ - नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल दशरथ रङ्गशालामा अपराह्न ५ बजे शुरु हुनेछ ।

जारी लिगमा तीन खेलबाट अपराजित रहँदै पोखरा पाँच अङ्कसहित तालिकाको चौथो स्थानमा छ । तीन अङ्क जोडेको इलाम छैटौँ स्थानमा छ ।

आजको खेलमा पोखरा आफ्नो दोस्रो जितको खोजीसहित मैदान उत्रने छ भने इलाम पनि आफ्नो दोस्रो जितको खोजीमा रहने छ।

मंसिर ८ गते शुरु भएको प्रतियोगितामा ९ टिम सहभागी छन्।

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार