Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग

एरिकको उत्कृष्ट फ्रिकिक गोलमा बुटवलको पहिलो जित

आइतबार, मंसिर १७, २०८०

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा बुटवल लुम्बिनी एफसी क्लबले स्पोर्टिङ इलाम क्लबलाई पराजित गरेको छ ।

दशरथ रंगशालामा आज सम्पन्न खेलको अन्तिम समयमा एरिक विष्टको उत्कृष्ट फ्रिकिक गोलको मद्दतले बुटवल लुम्बिनी एफसीले स्पोर्टिङ इलामविरुद्ध २–१ को जित हासिल गरेको हो ।

खेल १–१ को अवस्थामा रहेको बेलामा विष्टले झन्डै ३५ यार्ड टाढाबाट फ्रिकिकमा उत्कृष्ट गोल गर्दै आफ्नो टोलीको पहिलो जित पक्का गराएका हुन् ।

दोस्रो हाफको सुरुवातमै गोल खाएको इलामले पेनाल्टी मार्फत बराबरी गर्ने मौकासमेत गुमाउन पुग्यो । तर, खेलको ७८औं मिनेटमा सन्तोष खत्रीले बक्स बाहिरबाट लिएको प्रहार क्रसबारमा लागेर फर्किएपछि रिबाउन्डमा अब्डुल्ज बाले गोल गर्दै बराबरी गर्न सफल भएका थिए ।  

खेलको ८८औं मिनेटमा बुटवल लुम्बिनीका विष्टले उत्कृष्ट फ्रिकिक गोल गर्दै बुटवलका लागि २–१ को जित सुनिश्चित गरे । आजको खेलबाट बुटवलले पहिलो अंक समेत हात पारेको छ । बुटवल र इलामको तीन–तीन अंक रहेको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १९:३३
प्रतिक्रिया दिनुहोस्