फिलिपिन्समा शक्तिशाली भूकम्प

फिलिपिन्समा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी

शनिबार, मंसिर १६, २०८०

एजेन्सी– फिलिपिन्समा ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

फिलिपिन्सको मिन्डानाओमा शनिबार स्थानीय समय अनुसार मध्यरातमा  ७.५ म्याग्निच्युडको भूकम्प गएको युरोपेली–मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरले जनाएको हो ।

फिलिपिन्स भूकम्प विज्ञान विभागले भूकम्प समुद्रको ६३ किलोमिटर (३९ माइल) टाढा रहेकोले केही घण्टामा सुनामीका छालहरू तटीय क्षेत्रमा आइपुग्ने बताएकाे छ । अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ ।

जापानी सञ्चारमाध्यम एाएचकेले आइतबारसम्ममा एक मिटर (३ फिट) अग्लो सुनामी छालहरू जापानको पश्चिमी तटमा पुग्ने अपेक्षा गरिएको उल्लेख गरेको छ ।

भूकम्पबाट के कति जनधनको क्षतिबारे विस्तृत विवरण प्राप्त भएको छैन् । 

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  २१:५२
प्रतिक्रिया दिनुहोस्