विमानस्थलबाट ८ लाख भारूसहित २ भारतीय नागरिक पक्राउ

शनिबार, मंसिर १६, २०८०

काठमाडौं - काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार दिउँसो प्रहरीले उनीहरुलाई ८ लाख भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरी प्रधान कार्यालय नक्शालले दिएको जानकारी अनुसार बिसतारा एयरको उडानबाट दिल्ली जान लागेका ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पंकज गुप्तालाई बिहीबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको शुक्रबार जारी बुलेटिनमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्याग चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरुबाट भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धर्मेद्र नागरको साथबाट ५ सय दरका ७५७ थान, दुई सय दरका २३० थान र १ सय दरका ६७० थान गरी जम्मा ४ लाख ९१ हजार ५०० भारतीय रुपैयाँ बरामद भएको छ । यसैगरी पंकज गुप्ताको साथबाट ५ सय दरका ६१७ थान गरी ३ लाख ८ हजार ५०० भारतीय रूपैयाँ बरामद भएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको पुल्चोकस्थित राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार