राजावादीको लोकप्रियताले रास्वपालाई कस्तो धक्का दिन सक्छ?

बिहीबार, मंसिर १४, २०८०

काठमाडौं - पछिल्लो समय राजावादीको लोकप्रियता सामाजिक सञ्जाल र सडकमा पनि देखिएका कारण नयाँ दल रास्वपालाई धक्का लाग्ने प्रक्षेपण गरिएको छ। 
एकातिर राप्रपाले राजा ज्ञानेन्द्र शाहसहितको लोकप्रियता र अर्कातिर दुर्गा प्रसाईंको अभियानकाबीच रवि लामिछाने सभापति रहेको पार्टीले राजसंस्थाका विषयमा चर्चा गरेको छैन।

santosh rajabadi1685533938.png

अर्कातिर संघीयताको खिलाफमा जनमत बलियो भए पनि पार्टीको आधिकारिक दस्ताबेजमा रास्वपा यसमा पनि अस्पष्ट नै देखिएको छ। तर, उसको उदय भने वर्तमान व्यवस्थाविरोधी जनमतकै कारण भएको बताइन्छ। 

मूलधारका राजनीतिक दलले आफ्ना संगठित सदस्यहरुलगायत गिराएको जनमत जोगाउने तथा राप्रपालगायतले राजावादीको मत बलियो बनाउने ध्याउन्नमा दुवै विषयमा क्लियर नभएको रास्वपालाई धक्का लाग्न सक्ने बताइन्छ। 

raja-birtamode-6-1700896050.jpg

यद्यपि, रास्वपा आगामी दिनमा कसरी अघि बढ्छ र आगामी निर्वाचनअघिसम्म महाधिवेशनमा जाँदा कस्तो राजनीतिक दस्ताबेज बनाउनेछ भन्नेले पनि उसलाई हानि हुने या नाफा हुन सक्ने अनुमान गर्न सकिने स्थिति छ। 

raja-birtamode-6-1700896050.jpg

यद्यपि रास्वपाका कतिपय नेता र सांसदले राजसंस्था अहिलेको अपरिहार्यता नभएर अवस्था सुधार मुख्य विषय भएको बताउँदै आएका छन्। सांस्द सोबिता गौतमले दुनियाँमा नै गणतन्त्र भएको मुलुकहरुको स्थिति बलियो रहेको भन्दै अवस्था सुधारको निम्ति खाँचो रहेको बताइन्। उता, सामाजिक सञ्जालदेखि सडकसम्ममा उत्रिएका अहिलेका जनता राजसंस्था अनिवार्य रहेको भनी तर्क गरिरहेका छन्।aja-birtamode-6-1700896050.jpg image widgetraja-birtamode-6-1700896050.jpg image widget

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०८:४४
प्रतिक्रिया दिनुहोस्