Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल सुपर लिग : आज धनगढी एफसी र बुटवल लुम्बिनी भिड्दै

बिहीबार, मंसिर १४, २०८०

काठमाडौँ - नेपाल सुपर लिग(एनएसएल) मा आज धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्दैछन् । खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा शुरु हुनेछ ।

हिजो भएको खेलमा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेलेका छन् । बराबरीसँगै दुवै टोलीको समान दुई खेलमा समान ४ अङ्क भएको छ ।

पहिलो खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २-० गोलले र पोखराले एफसी चितवनलाई १-० गोलले हराएको थियो । एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्