Nic Ad Nic Ad
Nic Ad Nic Ad
नेपाल सुपर लिग

एनएसएल : पोखरा र ललितपुर गोलरहित बराबरीमा

बुधबार, मंसिर १३, २०८०

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल)मा पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ।

बुधबार दशरथ रंगशालामा भएको खेलमा दुबै टोलीले गोल गर्ने धेरै प्रयास गरेपनि खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलमा धेरै पकड भने पोखराको रहेको थियो । ललितपुरले बुटवल विरुद्ध प्रदर्शन गरेको खेल आज देखाउन सकेन । ललितपुरका विदेशी स्ट्राइकर पापा केबे घाइते भएर पहिलो हाफमै मैदान छाडेका थिए ।

आ–आफ्नो पहिलो खेलमा दुवै टोलीले जित दर्ता गरेका थिए।  यस सिजनको यो पहिलो गोलरहित बराबरी हो । दुवै टोलीको समान दुई खेलमा समान चार अंक भएको छ ।

भोलि हुने खेलमा धनगढी एफसी र बुटवल लुम्बिनी एफसी भिड्ने छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १९:२०
प्रतिक्रिया दिनुहोस्