कोरियन भाषा परीक्षा

कोरियन भाषा परीक्षामा १२ प्रतिशत मात्रै उत्तीर्ण [नामवलीसहित]

सोमबार, मंसिर ११, २०८०

काठमाडौँ– दक्षिण कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि भएको इपीएस कोरियन भाषा परीक्षामा चार हजार भन्दा बढी उत्तीर्ण भएका छन् । 

ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागिमध्ये १२ दशमलव ६ प्रतिशत (चार हजार ९८ जना ) मात्रै उत्तीर्ण भएका हुन् । उत्र्तीण हुनेमा तीन हजार ९०१ पुरुष रहेका छन् भने १९७ जना मात्रै महिला रहेका छन् । 

भाषा परीक्षामा सहभागि हुन ३५ हजार ४७८ जनाले आवेदन दिएका थिए । आवेदन दिएमध्ये ९१.६ प्रतिशत (३२ हजार ५०७ जना) परीक्षार्थी परीक्षामा सहभागि भएको ईपीएस कोरिया शाखाले उल्लेख गरेको छ । गत असोज एक गतेदेखि कात्तीक सात गतेसम्म सञ्चालन भएको पहिलो चरणको परीक्षा सञ्चालन भएको थियो ।

यस वर्ष कुल ३२ हजार ५०७ जनाले भाषा परीक्षा दिएका थिए । परीक्षा फारम भर्ने भने ३५ हजार ४७८ जना थिए । २ हजार ९७१ जना भने अनुपस्थित भएका थिए ।

ईपीएस कोरिया शाखाका अनुसार पहिलो चरणको कोरियन भाषा परीक्षा उत्र्तीण भएकाको दोस्रो चरणको सिप तथा योग्यता परीक्षा हुनेछ । सिप तथा योग्यता परीक्षामा उत्र्तीण भएकाको मात्रै अन्तिम नामावली प्रकाशन हुनेछ । 

हेर्नुहोस् नामावली

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १९:३१
प्रतिक्रिया दिनुहोस्