रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि, के - के छन् एजेण्डा ?

सोमबार, मंसिर ११, २०८०

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज (सोमबार)देखि सुरु हुँदैछ। महामन्त्री मुकुल ढकालका अनुसार महोत्तरीको जलेश्वरमा सोमबार, मङ्गलवार र बुधबार बैठक बस्न लागेकाे हाे।

रास्वपाले केन्द्रीय समिति र संसदीय दल बैठक संयुक्त रूपमा गर्न लागेको हो। बैठकमा सातै प्रदेशका सभापतिहरूको पनि सहभागिता रहने महामन्त्री ढकालले जानकारी दिए।

केन्द्रीय अनुशासन र लेखा तथा प्रदेशहरूबाट सांगठानिक र राजनीतिक प्रतिवेदनसमेत बैठकमा पेश हुनेछ। पार्टीको आर्थिक प्रतिवेदन, सांसदहरूको तथा संसदीय कार्यको समीक्षा गर्ने तयारी पनि छ। महाधिवेशन विधि, पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णयहरू हुने बताइएकाे छ।

बैठकबाट रास्वपाले महत्वपूर्ण सन्देश प्रवाह गर्ने र त्यो मधेशबाटै हुँदा त्यसले अर्थ राख्ने महामन्त्री ढकालको भनाइ छ । बैठक सुरु हुन तीन दिनअघि नै रास्वपाका सभापति रवि लामिछानेसहित सांसद तथा केन्द्रीय तहका नेता मधेश झरिसकेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्