केपी ओली कप : लुम्बिनीसँग गण्डकी ५ रनले पराजित, एपीएफ सेमिफाइनलमा

आइतबार, मंसिर १०, २०८०

काठमाडौं- केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ५ रनले पराजित भएको छ ।

पोखरामा भएको खेलमा लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा अल आउट भयो ।

हारसँगै गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ । उसको हारको कारण एपीएफ भने सेमिफाइनलमा पुगेको छ।

गण्डकीका लागि सुदीप अर्यालले २४ बलमा ३५ रन बनाए । कप्तान बिपिन खत्रीले १९ रन, दीनेश बुढामगरले १३ र कमल परियारले ११ रन जोडे ।

बलिङतर्फ लुम्बिनीका मुहम्मद हुसेनले ४ र अजय लुनियाले ३ विकेट लिए । रमेश कुल्मीले २ र अविषेक गौतमले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । लुम्बिनीका लागि ध्रुव सुनार र नार सार्कीले २३९२३ रन बनाए । विराट भण्डारीले १६ र मिर्नल गुरुङले ११ रनको योगदान दिए।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्