तीनकुनेमा जम्मा भएका दुर्गा प्रसाईंका समर्थक धमाधम पक्राउ

शुक्रबार, मंसिर ८, २०८०

काठमाडाैं- दुर्गा प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेबाट धमाधम पक्राउ गरिरहेकाे छ। प्रसाईंको नेतृत्वमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालको नाममा तीनकुनेमा पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका कार्यकर्तालाई प्रहरीले धरपकट गरेको हो।

तिनकुनेमा जम्मा भएका वीर गोर्खाली अभियानका संयोजक सौरभ भण्डारीसहित ७ जनालाई प्रहरी पक्राउ गरिसकेकाे छ।

स्थानीय प्रशासनको आदेश विपरित तीनकुनेमा जम्मा भएकाे भन्दै प्रसाईं समर्थक ७ जनालाई प्रहरीले पक्राउ गरी नजिकैको प्रहरी चौकीतर्फ लगेको हो। प्रहरीले पक्राउ गरेकाहरुको पहिचान खुलाइसकेको छैन । स्थानीय प्रशासनले तीनकुने क्षेत्रमा प्रसाई र उनका समर्थकलाई प्रदर्शन गर्न अनुमति दिएको छैन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्