Nic Ad Nic Ad
Nic Ad Nic Ad
इजरायल–हमास युद्ध

इजरायली आक्रमणमा २० प्यालेस्टाइनीको मृत्यु, कयौँ घाइते

मंगलबार, मंसिर ५, २०८०

गाजा– इजरायली आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु हुनाका साथै थुप्रै घाइते भएको हमासको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।

‘मध्य गाजाको अल–नुसेरात शरणार्थी शिविरमा रहेका दुईवटा आवासीय भवनहरूमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको छ,’ स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

उत्तरी गाजामा, बेइट लाहिया शहरको इन्डोनेसियाली अस्पतालमा इजरायली हवाई आक्रमण र कमल ओडवान अस्पतालमा भएको आक्रमणबाट मङ्गलबार दर्जनौं प्यालेस्टाइनीहरू मारिएका छन् कैयौं घाइते भएका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरू र स्थानीय प्रत्यक्षदर्शीहरूले बताएअनुसार जबलिया शरणार्थी शिविरको पश्चिम अल–फलौजा क्षेत्रमा विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालयमा इजरायली हमलाले थुप्रै हताहत भएको बताएका छन्। 

स्थानीय उद्धारकर्ताहरू उद्धारकार्यमा संलग्न छन् ।

डाक्टर विदाउट बोर्डर्सले प्रेस विज्ञप्ति जारी गर्दै गाजाको उत्तरी भागमा रहेका आफ्ना कामदारहरूसँगको सबै सम्पर्क टुटेको भन्दै ‘त्यहाँको अवस्था गम्भीर’ रहेको बताएको छ ।

इजरायली आक्रमणले प्रमुख सञ्चार टावरहरूलाई निशाना बनाएपछि गाजा शहर र यसको उत्तरी क्षेत्रहरूमा केही दिनदेखि सञ्चार अवरुद्ध भएको छ । इजरायल रक्षा बलले मङ्गलबार विज्ञप्ति जारी गर्दै विगत २४ घण्टामा गाजामा २५० उड्डयन लक्षित आक्रमण गरेको  जनाएको छ । 

अघिल्लो दिन, इजरायली सेनाका प्रवक्ता अविचाई अद्राईले सोशल मिडिया प्लेटफर्ममा इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूलाई हटाउन र पूर्वाधार नष्ट गर्न गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविर जबलियाको घेराबन्दी पूरा गरेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्