नेभिगेशन
सुरक्षा–अपराध

चितवनमा पाटेबाघ मृत भेटियो

भरतपुर- चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका-२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो ।

अन्दाजी छ र सात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

रेशम चौधरी पक्राउ