सोमालियामा भारी वर्षा, बाढीमा परी कम्तीमा ५० जना मारिए

शुक्रबार, मंसिर १, २०८०

मोगादिसु– सोमालियामा अक्टोबरको शुरुदेखि  शुरु भएको भारी वर्षाका कारण आएको बाढीमा परी ५० जनाको ज्यान गएको छ । वर्षाजन्य विपत्तिका कारण ५० लाखभन्दा बढी विस्थापित भएको राष्ट्रिय प्रकोप एजेन्सीले जनाएको छ ।

सोमालिया विपद् व्यवस्थापन एजेन्सीले सोमालियाका अन्य भागहरूमा पहिरो र बाढीका कारण बालीनाली र पशुधन नष्ट भएको बताएको छ।

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार साँझ पत्रकारहरूलाई सोमालियाका आयुक्त मोहम्मद मोआलिमले भनेका छन्( देशमा आएको बाढीका कारण ५० जनाको मृत्यु भएको छ र आधा लाखभन्दा बढी नागरिक विस्थापित भएका छन्।

विस्थापनका कारण बढ्दो मानवीय आवश्यकता र सम्पत्तिको थप विनाश हुन सक्ने संयुक्त राष्ट्रको चेतावनी पछि एजेन्सीले बाढी पीडितहरूलाई मद्दत गर्न दक्षिणी सोमालियाको बर्धेरे जिल्लामा राहत कार्गो विमान पठाएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालय (ओसीएचए)ले भारी वर्षा र बाढीका कारण १२ लाख ४० हजार मानिस प्रभावित भइसकेको र अझै बढी हुने अनुमान गरेको छ ।

संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूको अनुमान अनुसार चालू डेयर ९अक्टोबर देखि डिसेम्बर० वर्षाको मौसममा बाढीबाट १६ लाख मानिस प्रभावित हुन सक्ने र  १५ लाख हेक्टर खेतीयोग्य जमिन नष्ट हुन सक्नेछ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि सङ्गठनले व्यवस्थापन गरेको सोमालियाको जल तथा भूमि सूचना व्यवस्थापनले सोमबार जारी गरेको  जानकारी अनुसार बर्धेरे र डाउनस्ट्रीममा साकोव र बुवालेमा म्याग्निच्युड बढ्दै जाँदा जुबा नदीमा ठूलो बाढी आएको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्