गत बर्ष एक सैनिक मारेको उदण्ड ‘ध्रुवे’ फेरि बस्तीतिर पस्यो

सोमबार, कात्तिक २७, २०८०

काठमाडौंचितवन राष्ट्रिय निकुञ्जमा कुल्चिएर एक सेनाको ज्यान लिएकोध्रुवे नामाकरण गरिएको जंगली हात्ती फेरि बस्तीतिर पसेको छ।

नेपाल भारतका बस्तीमा नै आतंकका रुपमा रहेको ध्रुवेलाई नियन्त्रणमा लिएर राष्ट्रिय निकुञ्जमा राखिएको थियो। तर, फेरि बस्तीतिर देखिन थालेको बताइएको छ।

विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र भरतपुर महानगरपालिकाका वडा नम्बर २३ २४ मा देखिन थालेको छ।

हात्तीले बस्तीमा पसेर घर गोठ भत्काउने, थन्काएर राखेको अन्न बाली नष्ट गर्नेजस्ता काम गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार हात्ती नियन्त्रणका लागि दुई टोली परिचालन गरिएको छ।

उनले भने, ‘हात्तीले समस्या दिएपछि विगत १५ दिनदेखि हात्तीको नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन गरिएको छ।

हात्ती देखिएमा मात नियन्त्रण गर्ने औषधि प्रयोग गरीडाट गर्ने उनले बताए।

निकुञ्जको टोली, नेपाली सेनाको टोली, नेपाल प्रहरी, स्थानीय, मध्यवर्ती उपभोक्ता समितिले रातदिन गस्ती गरिरहेका छन्।

निकुञ्ज आसपासका क्षेत्रमा हात्ती देखिएसँगै साँझ बिहान बाहिर निस्कँदा सावधानी अपनाउन निकुञ्जले अनुरोध गरेको छ।

ध्रुवेका कारण निकुञ्ज वरिपरिका सबै जसो त्रासमा रहेका छन्। 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्