राप्रपाको केन्द्रीय समिति बैठक पुस १ देखि बस्ने

शुक्रबार, कात्तिक २४, २०८०

काठमाडाैं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समितिको बैठक पुस १ देखि ३ गतेसम्म काठमाडौंमा बस्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख एवं प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक बस्नेबारे जानकारी गराएका हुन्।

बिहिवार बसेको राप्रपाको बैठकले जाजरकोट भूकम्पका बारेमा छलफलका गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णयसमेत गरेको राप्रपाले जनाएको छ । राप्रपाले भूकम्पबाट घरबार गुमाएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ। उसले राहत वितरणमा एकरूपता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

राप्रपाले पार्टीको विधानमा केही अस्पष्टता भएका कारण कार्यान्वयनमा देखिएका जटिलताको पुनरावलोकन गर्न सल्लाहकार समितिका संयोजक निरञ्जन थापाको संयोजकत्वको विधान मस्यौदा समितिलाई जिम्मा दिएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०९:१२
प्रतिक्रिया दिनुहोस्