नेपाल क्रिकेट संघकाे निर्णय

राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख, खेलाडीलाई जनही ५० हजार दिने क्यानको निर्णय

सोमबार, कात्तिक २०, २०८०

काठमाडौँ–  नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय क्रिकेट टिमलाई पुरस्कारस्वरुप  ५० लाख रुपैयाँ नगद दिने निर्णय गरेको छ ।

आज सोमबार बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

क्यानका सचिव पारस खड्काले आज एक जारी गरेकोे विज्ञप्तिअनुसार बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार समेत दिने निर्णय पनि गरेको छ ।

बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ । साथै, बैठकले विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेलमा टिकटबाट उठेको रकमको ५० प्रतिशत रकम जाजरकोटमा गएको भूकम्पबाट भावितहरुलाई सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

काठमाडौँमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर, फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।

can-prize-50-lakhs-1699280263.jpg

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  २०:०३
प्रतिक्रिया दिनुहोस्