जनतामा छाएको निराशा सम्बोधन गर्न सबै दल एक हुनुपर्छ : सभापति लामिछाने

बुधबार, कात्तिक १५, २०८०

काठमाडौँ– रास्वपाका सभापति रवि लामिछानेले मुलुकको अवस्थाप्रति जनतामा छाएको निराशालाई सम्बोधन गर्न सबै दलहरु एक हुनुपर्ने बताएक छन् ।

बुधबार एमालेले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले राजनीतिक परिवर्तनपछि जनतामा परिवर्तन नआएको र जनतामा निराशा छाएकोे भन्दै यसलाई सम्बोधन गर्न सवै दलहरु एक हुनुपर्ने बताएक हुन् । उनले चियापानमा मात्रै नभई साझा फोरम बनाएर दलहरु छलफलमा जुट्नुपर्ने बताए ।

उनले रास्वपा पछि दर्ता भएर नयाँ पार्टी भएको नभई बिचार र एजेण्डाका आधारमा नयाँ भएको जिकिर गरे ।

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्