पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

मंगलबार, कात्तिक १४, २०८०

काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै, आज दिउँसो देशभर आंशिक बदली रही पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात छ ।

आज राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १४, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्