हृदयाघातका कारण चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

शुक्रबार, कात्तिक १०, २०८०

काठमाडाैं- चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन भएको छ। उनको ६८ वर्षको उमेरमा शुक्रवार विहान निधन भएको हो।

चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको जनाइएकाे छ।

पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका  लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो। तर, सबै उपचारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्