अपराध महाशाखाले गोली हानी तीन जना समात्यो, यी हुन् गोली खाने लुटेरा समूह सदस्य

बिहीबार, असोज २५, २०८०

काठमाडौंकाठमाडौंको बौद्ध क्षेत्रमा प्रहरीले गोली चलाएर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ। ती मध्य एक जना घाइते भएका छन्।

उपत्यका अपराध महाशाखाको टोलीले लुटेर समूहका तीन जनालाई नियन्त्रणमा लिने क्रममा  त्यसमध्यका एक जनालाई गोली चलाउनु परेको हो।

गोली लागेका अमर घलान घाइते भएपछि नेपाल मेडिकल कलेजमा उपचारका लागि लगिएको महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले बताए। अन्य दुई जनाको नाम खुल्न बाँकी छ।

गोली लागेका घलानको साथबाट पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्