हत्यारालाई आममाफी दिएको विरोधमा अनसन थालेकी भारती सर्वोच्च परिसरमै ढलिन्

बुधबार, असोज १७, २०८०

काठमाडौं - श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी छन् ।

श्रीमानको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाहा गरिदिएपछि हत्यामा आरोपित रिगललाई कैद मिनाह गर्न नहुने भन्दै राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् ।

तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । अदालत अगाडी तनावले ढलेपछि उनलाई प्रहरीले उठाएर स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको छ ।

न्याय माग्दै काठमाडौं आएकी भारतीले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्