सुन बरामद

दोलखाबाट थप चार किलो सुन बरामद

आइतबार, असोज १४, २०८०

दोलखा- दोलखाबाट प्रहरीले थप चार किलो सुन बरामद गरेको छ ।

यसअघि बुधबार र शनिबार गरी सात किलो सुन बरामद भएको दोलखाबाटै थप चार किलो सुन बरामद भएको प्रहरीले जनाएको छ।

बुधबार र शनिबार दुवैपटकको सुन बिगु गाउँपालिका– १ का २८ वर्षीय केशर तामाङको डेराबाट बरामद गरेको थियाे। घटना गम्भीर रहेको निष्कर्षसहित घटनाको अनुसन्धान गर्न सिआइबीको विशेषज्ञ टोली दोलखा पुगेको छ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १७:०२
प्रतिक्रिया दिनुहोस्