साफ च्याम्पियनसिप

टाइब्रेकरमा नेपाललाई हराउँदै भारत फाइनलमा

बुधबार, असोज १०, २०८०

काठमाडौँ– साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । 

दशरथ रंगशालामा आज भएको खेलमा नेपाल भारतसँग टाइब्रेकरमा ३–२ ले पराजित भएको हो । जितसँगै भारत फाइनलमा पुगेको छ ।

नेपालका लागि अश्विन घोरासिनी र कुशल देउवाले गोल गरे । पेनाल्टीमा प्रशान्त लक्सम लिम्बु, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न सकेनन् । 

भारतका लागि अर्जुन सिंह, गोम्सर गोयारी र माङलिङ थेङ किपिङले गोल गरे । दिनेश सिंह र रिक्की मित्तलको पेनाल्टी नेपालका गोलरक्षक जियारथ शेखले बचाए ।

यसअघि निर्धारित समयको खेल १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । भारतले  २६ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । तर ७४ मिनेटमा नेपालका लागि समीर तामाङले बराबरी गोल फर्काए ।

आजको खेल जितेो भारतले अब फाइनलमा पाकिस्तानसँग खेल्ने छ । पाकिस्तान भुटानलाई टाइब्रेकरमा नै हराउँदै फाइनलमा पुगेको हो ।
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  २०:२९
प्रतिक्रिया दिनुहोस्