चीन–इयू

आर्थिक मामिलामा नियमित छलफल गर्ने चीन र इयूबीच सहमति

सोमबार, असोज ८, २०८०

बेइजिङ– चीन र युरोपेली सङघ (इयू)ले बृहत् आर्थिक मुद्दाहरूमा नियमितरुपमा छलफल गर्न सहमति जनाएका छन् । 

सोमबार बेइजिङमा भएको द्विपक्षीय वार्तामा त्यस्तो सहमति भएको हो । 

समष्टिगत आर्थिक विषयमा छलफल नियमित रुपमा छलफल तथा भ्रमण आदानप्रदान पुनः सुरु गर्न सङ्घ र चीन सहमत भएका सङ्घका व्यापार प्रमुख भाल्डिस डोम्ब्रोभस्किसले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो । आर्थिक र वित्तीय मामिलामा निरन्तर संवाद गर्ने र अवरुद्ध वार्तालाई पुनः थाल्न बेइजिङ सहमत भएको उहाले जानकारी दिनुभयो । 

चिनियाँ उपप्रधानमन्त्री हे लिफेङका साथ भएको  संयुक्त पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आर्थिक विषयमा उत्पन्न सबै समस्या द्विपक्षीय वार्ता र संवादका माध्यमबाट समाधान गर्न दुवै पक्षले प्रतिबद्धता व्यक्त गरेका छन् ।  

साथै, दुवै पक्षले निकट भविष्यमा आर्थिक मुद्दामा थप संवाद गर्न सहमति जनाएका छन् । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:३०
प्रतिक्रिया दिनुहोस्