अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष रुसको खोजी सूचीमा

सोमबार, असोज ८, २०८०

मस्को– रुसले अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसिसी)का अध्यक्षलाई खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको छ ।

रुसले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्न खोज्ने अन्तरराष्ट्रिय फौजदारी अदालतका अध्यक्ष होफम्यानस्की पिओटर जोजेफलाई सोमबार खोजी गर्नुपर्ने अपराधीको सूचीमा समावेश गरेको हो । 

पोल्याण्डका नागरिक होफम्यानस्कीलाई रुसी महासङ्घको फौजदारी संहिताको एक दफाअन्तर्गत फरार व्यक्तिको सूचीमा समावेश गरिएको रूसी समाचार एजेन्सीहरूले त्यहाँको गृह मन्त्रालयलाई उद्धृत गर्दै जनाएका छन् ।

सन् २०१५ देखि आइसिसीको न्यायाधीश रहनुभएका होफम्यानस्की २०२१ को मार्चमा अध्यक्ष चुनिएका हुन् ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:२२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार