Nic Ad Nic Ad
Nic Ad Nic Ad
गैरीगाउँ हत्या प्रकरण

गैरीगाउँ हत्या प्रकरण : थप एक जना पक्राउ

आइतबार, भदौ ३१, २०८०

काठमाडौं- काठमाडाैंकाे तीनकुनेस्थित गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज उनलाई नियन्त्रणमा लिएको हो ।

हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, घटना उनले नगराएको हुनसक्ने देखिएपछि आज दोस्रो व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले बतायो ।

पक्राउ परेका यी व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा पहिचान भएका थिए । उनी रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको देखिएकाे छ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्